उष्ण तथा उपोष्ण प्रदेशीय फलफूल र तरकारी बालीहरूको उच्च गुणस्तरयुक्त बिरुवा एवं बीउ उत्पादन गरी माग आपूर्ति गर्न वि.सं.२०२९ साल असार १२ गते वृहत बागवानी केन्द्रको रुपमा यस केन्द्रका विधिवत स्थापना भएको हो । प्रदेश नम्बर २ अन्तर्गत सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ( १ मा अवस्थित यस केन्द्र उष्ण तथा न्यानो समशितोष्ण फलफूल, तरकारी तथा आलङ्कारिक बोटहरुको उच्च गुणस्तरीय बीउ एवं बिरुवाको उत्पादन गरी आपुर्ति गर्ने र सो बालीहरुको उपयुक्त जात र खेती प्रविधिको खोजी एवं विकास गरी कृषक समक्ष पुर्याई उनीहरुको जीवनस्तर माथी उकास्ने मुख्य उद्देश्यका साथ स्थापना भएको हो । यस केन्द्रको स्थापना पश्चात समयानुकुल कृषि निकायको संगठनात्मक संरचनामा हेरफेर एवं परिवर्तन भए वमोजिम वि.सं.२०२९।३।१२ देखि २०२९।९।८ सम्म फलोद्यान विभाग, वि.सं.२०२९।९।९ देखि २०४४ असार सम्म कृषि विभाग, २०४४ श्रावण देखि २०४७ असार सम्म राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्र, वि.सं.२०४७ श्रावण देखि २०४९ असारसम्म बागवानी विभाग, २०४९ श्रावण देखि २०५२ असारसम्म कृषि विकास विभाग र २०५२ श्रावण देखि २०५८।६।११ सम्म कृषि विभाग अन्तर्गत फलफूल तथा तरकारी विकास निर्देशनालयको प्राविधिक तथा मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको प्रशासनिक निर्देशनमा संचालन भई वि.सं.२०५८।६।१२ देखि कृषि विभाग अन्तर्गत फलफूल विकास निर्देशनालयको प्रत्यक्ष प्रशासनिक एवं प्राविधिक निर्देशनमा कार्यक्रमहरू संचालन हुंदै आइरहेकोमा वि.सं.२०७५ श्रावण देखि राष्ट्रिय फलफूल विकास केन्द्रे अन्तर्गत संघीय फार्मको रुपमा सञ्चालन हुँदै आएको छ । कृषि क्षेत्रमा हुने समयानुकुल संगठनात्मक संरचनाको परिवर्तन संगै यस केन्द्रको नामाकरणमा पनि हेरफेर हुँदै आईरहेकोमा २०६१ बैशाख देखि यसको नाम उष्ण प्रदेशीय बागवानी केन्द्र रहन गएको छ ।
यस केन्द्रमा भारत, पाकिस्तान, अमेरीका, थाइलैण्ड लगायत नेपालका विभिन्न सरकारी तथा निजी फार्म केन्द्रहरुबाट विभिन्न फलफूल, तरकारी एवं आलङ्कारिक बोटबिरुवाका बीउ एवं बिरुवा ल्याई जातीय संरक्षण तथा सम्बर्धन गरेको छ । जस अनुसार आँपमा आम्रपाली, मल्लिका, निलम सहित ३५ जात, लिचीमा ९ जात, अम्बामा ६ जात, केरामा ५ जात, एभोकाडोमा ५ जात, नरिवलमा २ जात, रुखकटहरमा ३ जातका साथै सपोटा, काठे बदाम, मेकाडेमियानट, सुपारी, बडहर, अनार, बयर, इमली आदि तथा तरकारी बाली तर्फ गोलभेंडामा ५ जात, आलुमा ७ जात, भण्टामा ३ जात, काउलीमा २ जात, मूलामा २ जातका साथै रामतोरीया, लौका, काँक्रा, फर्सि, घिरौला, बोडी आदि र आलङ्कारिक बोट तर्फ गुलाबमा ७७ जात, बोगेनबेलीयामा २४ जात, क्रोटनमा २५ जात, पाममा ७ जात, रबर प्लान्टमा ३ जातका साथै मालती, धूपी, अशोक, गुनकेशरी, रुद्राक्ष र सुगन्ध कोकीला जस्ता अनेकौ बोटबिरुवाहरुको माउबोटहरु लगाई तिनको जातीय संरक्षण, सम्बद्र्धन गरी उपयुक्त जातहरुको बीउ, बेर्ना, बिरुवा उत्पादन गरी कृषकस्तरमा बिकी बितरण गरिन्छ ।
कुल १८५.५४ हेक्टर क्षेत्रफल रहेको यस केन्द्रको औषत अधिकतम तापक्रम ३१० से. र औषत न्यूनतम तापक्रम २०० से. रहेको छ भने गर्मी महिना बैशाख (आषाढ को अधिकतम तापक्रम ४२० से. र जाडो महिना पौष(माघ को न्यूनतम तापक्रम ४० से. सम्म रहेको पाइन्छ । यहाँको वार्षिक सरदर वर्षा १६९९.६ मि.मि. रहेको छ । कुल वर्षाको करीब ८०५ मि.मि. असार देखि भदौ सम्म हुन्छ ।
उद्देश्यहरु
- उष्ण तथा समशितोष्ण फलफूल तरकारी आलङ्कारिक एवं रैथाने बालीहरुको उच्च गुणस्तरयुक्त बीउ तथा बिरुवाको उत्पादन तथा बिक्री वितरण गर्ने ।
- स्थानिय एवं वाह्य श्रेत्रको हावापानी सुँहाउँदो फलफूल तरकारी आलङ्कारिक एवं रैथाने बालीहरुका जर्मप्लाज्म संकलन तथा संबद्र्धन उत्पादन तथा वितरण गर्ने ।
- केन्द्रको प्रभाव क्षेत्रभित्र रहेका कृषकहरुलाई प्राविधिक सेवा टेवा पु¥याउने ।
- फलफूल तरकारी एवं आलङ्कारिक बोटविरुवा आदिमा विद्यमान रहेका समस्याहरु पहिचान गरेर उपयुक्त कृषि प्रविधिको खोजी एवं विकास गर्ने ।
- बागवानी सम्बन्धी विभिन्न तालिममा विषय विशेषज्ञलाई प्रशिक्षणकको रुपमा उपलब्ध गराई कृषि प्रविधिको विस्तारमा सहयोग पु¥याउने ।
- उष्ण प्रदेशीय फलफूल नर्सरी तथा बगैँचाहरुको आवश्यकता अनुसार अनुगमन निरीक्षण र पृष्ठपोषण गर्ने ।
कार्य विवरण
- आँप, लिची, केरा, भूइकटहर लगायतका उष्णप्रदेशीय फलफूलको जातीय संरक्षण एवं सम्वद्र्धन ।
- उष्ण प्रदेशीय फलफूल विकास सम्बन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाइ पृष्ठपोषण सम्बन्धी कार्य ।
- उष्ण प्रदेशीय फलफूलका प्रसारण सामग्री उत्पादन तथा वितरण ।
- उष्ण प्रदेशीय फलफूल उत्पादन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने ।
- सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- उष्ण प्रदेशीय फलफूल विकास सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसंग समन्वय एवं सहकार्य गर्ने ।
- फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
- सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (action oriented) अध्ययन परीक्षण संचालन गर्ने ।
- उष्ण प्रदेशीय फलफूल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
- समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।