वि.सं.२०४१ सालमा स्व. श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव वाट पश्चिमाञ्चल विकास क्षेत्रको अनौपचारिक  भ्रमणमा आँपचौर गा.वि.स.को उपल्लो फांटमा कफीको राम्रो सम्भाव्यता देखेर यसै भ्रमणको अवसरमा कफी विकास कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि निर्देशन भए बमोजिम कफी विकास केन्द्र, आँपचौरको  स्थापना भयो । हाल प्रदेश नम्बर ५ अन्तर्गत गुल्मी जिल्ला मुसिकोट नगरपालिका बडा नं. ५ तल्लाफाँटमा अवस्थित यस केन्दको क्षेत्रफल करीब ३७.३३ रहेकोे छ 
समुद्र सतहबाट ७२५ देखि ७७५ मीटर उचाइमा रहेको यस केन्द्रको हावापानी उपोष्ण किसिमको रहेको छ । यस केन्द्रमा अधिकतम तापक्रम ३०–३२ डि.से. र न्युनतम ९ंं–१२ डि.से., औसत तापक्रम १२ देखि २७ डि.से.को वीच रहेको पाईन्छ । यहाँको औषत आद्र्रता ७०–७५ प्रतिशत तथा वार्षिक वर्षा १५०० देखि १६०० मि.मी. सम्म हुने गर्दछ । आषाढ, श्रावण र भाद्र महिनामा वढी वर्षा हुने गर्दछ भने कार्तिक–मंसीर महिना देखि चिसो शुरु हुन्छ । चैत्र वैशाख महिनामा हावा हुरी लाग्ने र कहिलेकाँही असिना समेत पर्ने हुँदा कफीको फूल फुल्ने अवस्थामा क्षति पुग्ने गर्दछ । 

 

उद्देश्यहरु

  1. कफी बिरुवा उत्पादन तथा विक्री वितरण गर्ने ।
  2. कफी बगैंचा तथा नर्सरी व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  3. कफी सम्बन्धी अध्ययन परीक्षण तथा प्रविधि मूल्यांकन कार्य गर्ने । 
  4. कफी निजी नर्सरी अनुगमन तथा निरीक्षण सम्बन्धी कार्य गर्ने ।
  5. व्यावसायिक कफी पकेट क्षेत्रमा प्राविधिक सेवा उपलव्ध गराउने ।    

कार्य विवरण

  1. कफीको जातीय संरक्षण एवं सम्वद्र्धन गर्ने ।
  2. कफी विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्वन्धी कार्य गर्ने ।
  3. कफी प्रसारण सामग्री उत्पादन तथा वितरण गर्ने ।
  4. कफी उत्पादन, प्रशोधन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने ।
  5. सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  6. कफी विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने ।
  7. फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
  8. सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (action oriented) अध्ययन परीक्षण संचालन गर्ने ।
  9. कफी विकास सम्वन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
  10. समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।