राष्ट्रिय फलफूल विकास केन्द्रको कार्य विवरण (TOR)
केन्द्रको समग्र कार्यविवरण
- फलफूल, चिया, कफी तथा पुष्प बाली सम्बद्ध राष्ट्रिय नीति, मापदण्ड तथा नियमन सम्बन्धी कार्य।
- फलफूल, चिया, कफी तथा पुष्प बाली सम्बद्ध जैविक विविधता, आनुवांशिक स्रोत, रैथाने तथा स्थानीय जात संरक्षण र सम्बर्द्धन।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका जातीय गुण अभिलेखीकरण, जातीय परीक्षण, विकास, उन्मोचन तथा दर्तामा सहजीकरण।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका राष्ट्रिय श्रोत केन्द्र विकास सम्बन्धी मापदण्ड सम्बन्धी कार्य।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका बीउ, बिरुवा र प्रसारण सामग्रीको गुणस्तर निर्धारण, प्रमाणीकरण र नियमनमा समन्वय।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम तर्जुमा तथा सञ्चालन।
- फलफूल, चिया, कफी तथा पुष्प बाली विकास सम्बद्ध समस्या पहिचान र समाधानका लागि प्राविधिक पृष्ठपोषण।
- अन्तर्गतका फार्म केन्द्रहरूमा नवीनतम प्रविधि प्रदर्शन तथा प्रसार सम्बन्धी कार्य।
- फलफूल, चिया, कफी तथा पुष्प बाली सम्बन्धी राष्ट्रियस्तरको तथ्याङ्क सङ्कलन, विश्लेषण तथा प्रकाशन।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका बीउ, बिरुवा तथा प्रसारण सामग्रीको आपूर्ति व्यवस्थापनका लागि संघ तथा प्रदेश अन्तर्गतका फार्म केन्द्र, निजी क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थासँग समन्वय।
- फलफूल, चिया, कफी तथा पुष्प बाली सम्बद्ध विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने।
- फलफूल, चिया, कफी तथा पुष्प बाली विकासमा आबद्ध सरकारी, गैरसरकारी, निजी एवं अन्य सरोकारवालासँग समन्वय एवं सहकार्य गर्ने।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका आनुवांशिक श्रोत, बीउ, बिरुवा, प्रसारण सामग्री आयात निर्यात सम्बन्धी कार्यको समन्वय तथा नियमन।
- फलफूल, चिया, कफी तथा पुष्प बालीका भौगोलिक संकेत (Geographical indication) सम्बन्धी कार्य।

