•  भौगलिक तथा जलवायूको आधारमा बिशिष्टिकरण (specialization) गरेका सफलसिद्ध बागवानी बाली विशेषको स्तरोन्नति (scale up) गर्न वृहत पकेट प्याकेज रणनीति अनुरुप आवधिक योजना बनाई व्यावसायिक फलफूल, तथा आलङ्कारिक कार्यक्रमलाई बजारसँग आबद्ध गरी उत्पादनलाई उपभोक्तासम्म पु¥याउन मूल्य शृंखला ( value chain) को अवधारणामा  पूर्ण प्याकेजको अवसर सृजना गरी संचालन गर्ने ।
  •  बागवानी पर्यटन (horti-tourism) लाई मध्यनजर राख्दै राजमार्ग आसपास क्षेत्र (road corridor) को विकासको साथमा बागवानी बाली विशेषको सम्भाव्यता अध्ययन गराई थप पूर्वाधारको साथमा निजी क्षेत्र, सहकारी, सरकारी तथा गैह्सरकारी समेतको सहभागितामा सघन बागवानी विकास कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्ने । 
  • एक गाउँ एक उत्पादन (OVOP) सरोकारवाला समूहको प्रतिबद्धताका साथ निजी क्षेत्रको संलग्नतामा सम्भाव्य उत्पादन क्षेत्रमा निर्यातयोग्य बागवानीजन्य बालीकोे उत्पादन बढाउने र आयात प्रतिस्थापन एंव निर्यात प्रवद्र्धन गर्ने ।
  •  जैविक विविधता कार्यक्रम Ecological belt अनुसार र स्थानीय बागवानीजन्य जैविक विविधतालाई समेत समेटेर संकलन, अध्ययन, सम्वद्र्धन र मूल्याङ्कन गर्ने । प्रत्येक जर्मप्लाज्मको जातीय गुणहरुको रेकर्ड अद्यावधिक राख्ने । विदेशवाट आयातित जर्मप्लाज्मको पनि सम्वद्र्धन, अध्ययन, मूल्याङ्कन गर्ने । यस्ता कार्यक्रमलाई समन्वयात्मक÷साझेदारी कार्यक्रमको रुपमा संचालन गर्ने ।
  • अनुसन्धान तथा विकास : प्रविधि परिमार्जन जस्ता अनुकुलन अनुसन्धान (adaptive research) कृषकको सहभागितामा कार्यमूलक अनुसन्धान (action research) नेपाल  कृषि अनुसन्धान परिषद्संग समन्वय राखी विभिन्न बागवानी बालीहरुमा प्रविधि विकास तथा अनुसन्धानको लागि सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यमा सहभागितामूलक अनुसन्धान (collaborative research) कार्यक्रम संचालन गर्ने । 
  • फलफूलमा आधुनिक प्रविधि सहिको सिंचाई प्याकेज कार्यक्रमलाई आबद्ध गरी अन्तर बाली कार्यक्रमलाई विस्तार गर्ने ।
  • सुन्तलाजात फलफूलमा आन्तरिक (quarantine) लागु गरी बड उड प्रमाणिकरण (bud wood)कार्यक्रम संचालन गर्ने ।
  • सुन्तलाजात फलफूलमा माउवोट तथा नर्सरी बिरुवा उत्पादनमा जाली घर (screen house) को व्यवस्थापन कार्यको थालनी भएको र उच्च घनत्वमा विरुवा रोपण (high density planting) कार्यलाई प्रोत्साहन गर्ने ।
  • केरा, भूईंऐसेलु र आलङ्कारिक बिरुवा जस्ता छोटो अवधिमा उत्पादन हुने बालीहरुमा तन्तु–प्रजननको प्रविधि प्रयोगलाई प्रोत्साहन दिने ।
  • जनशक्ति विकासमा जोड दिने र विद्यालयमा बागवानी (school horticulture) कार्यक्रममा प्रोत्साहन गर्ने ।
  • शहर उन्मुख बागवानी (urban horticulture)लगायत देशभर फलफूल खेतीको प्रोत्साहन गर्ने ।
  • बातावरण संरक्षण (environment protection) लाई मध्यनजर गरी बागवानी विकास कार्यक्रमलाई अघि बढाउने ।
  • अनुगमन निरीक्षणलाई प्रभावकारी रुपमा संचालन गर्ने ।
  • गुणस्तरीय फलफूल बिरुवा उत्पादन तथा व्यवस्थापनको लागि फलफूल नर्सरी निर्देशिका तयार गरी लागु गर्न पहल गर्ने ।
  • फलफूल उत्पादन प्रविधि तथा बजार व्यवस्थापनको लागि  फलफूलको, पकेट, जोन र सुपरजोनस्तरको तथ्याङ्क अद्यावधिक गरी सूचना प्रवाह गर्ने ।