• कार्यालयको जिन्सी व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने ।
  • कार्यालयको दैनिक कार्य सन्चालनका लागी आवश्यक सामाग्रीहरु रितपूर्वक खरिद गर्ने ।
  • कार्यालयको भौतिक लगायत सबै सम्पत्तिको विबरण अद्यावधिक गरी अभिलेख राख्ने ।
  •  कार्यालयको सबै सम्पत्तिको संरक्षण, मर्मतसंभार, रंगरोगन, सरसफाई तथा आन्तरिक सजावट सम्बन्धी कार्य गर्ने, गराउने ।
  •  कार्यालयको लागि भौतिक तथा अन्य सामग्रीको खरिद, व्यवस्थापन सम्बन्धी कार्यहरु गर्ने ।
  •  कार्यालयको टेलिफोन, इन्टरनेट, धारा, विद्युत आपूर्ति तथा सोसँग सम्बन्धित कार्यहरु गर्ने ।
  •  आर्थिक कार्यविधि ऐन तथा नियमावली अनुसार भौतिक तथा अन्य सामग्रीहरुको अभिलेख व्यवस्थापन, जिन्सी निरीक्षण तथा कार्यालयमा काम नलाग्ने सामाग्रीहरुको नियमित रुपमा धुल्याई र लिलाम वा मिनाहा प्रक्रिया अगाडि बढाउने ।
  •   प्रचलित ऐन कानून बमोजिम अन्य कार्यहरु गर्ने, गराउने ।
  •  सुपरीवेक्षक एवं प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने, गराउने ।