1. व्यावसायिक फलफूल कार्यक्रमलाई भौगोलिक अवस्था तथा हावापानी सुहाउँदो, यातायात, बजार सुविधा तथा अन्य भौतिक सुविधा भएका स्थानहरुमा केन्द्रित गर्ने दृष्टिवाट राजमार्ग, सहायक राजमार्ग वरिपरि वा कृषि सडकबाट एक दिनको पैदलको बाटोका सम्भाव्य क्षेत्रहरुमा पकेट क्षेत्र छनौट गरी आयोजनाको अवधारणा अनुरुप अभियानको रुपमा संचालन गर्ने र अन्य क्षेत्रमा फलफूलको साधारण कार्यक्रम संचालन गर्ने ।
  2. व्यावसायिक कार्यक्रम तर्जुमा गर्दा तत्कालीन दीर्घकालीन कृषि विकास योजनाले परिलक्षित गरेको उच्च पहाडमा स्याउ र मध्य पहाडी भेगमा सुन्तलाजात फलफूललाई प्राथमिकता दिई व्यावसायिक कार्यक्रम संचालन गर्ने र तराई तथा भित्री मधेशका सफलसिद्ध जिल्लाहरुमा आँप, केरा, मेवा, भूईंकटहर, फलफूलको व्यावसायिक कार्यक्रम संचालन गर्ने ।
  3. व्यावसायिक फलफूल कार्यक्रमलाई छरिएर नलगी सघनरुपमा बाली विशेषको सम्भाव्य पकेट क्षेत्रहरुमा लैजाने र छनौट गरिएका सम्भाव्य पकेट क्षेत्रहरुमा पनि प्राथमिकताको आधारमा क्रमिक रुपले व्यावसायिक वगैचा विस्तार कार्यक्रम समावेश गर्दै लैजाने ।
  4. पकेटको आवश्यकता अनुसार कार्यक्रमको प्याकेज तयार गरी एकीकृत रुपमा कार्यक्रम संचालन गर्ने ।
  5. फलफूल बिरुवाको माग स्थानीय श्रोत केन्द्रवाटै आपूर्ति गराउन जिल्ला स्तरमा निजी नर्सरी स्थापना गर्ने तथा स्थापित नर्सरीहरुको सुदृढिकरण गर्ने ।
  6. दक्ष जनशक्ति तयार गर्न अगुवा कृषक, नर्सरीधनी, फिल्डस्तर तथा केन्द्रीय स्तरका प्राविधिक कर्मचारीहरुलाई फलफूल सम्बन्धी नयां प्रविधिका ज्ञान, सीप तथा दक्षतामा अभिवृद्धि गर्ने उद्देश्यले  तालिम तथा अवलोकन भ्रमण जस्ता कार्यक्रम संचालन गर्ने ।
  7. व्यावसायिक फलफूल खेती गर्ने कृषकहरुलाई आर्थिक अनुदान सहुलियत, उत्पादन सामग्री तथा ऋण सुविधा उपलव्ध गराउने ।
  8.  उत्पादित फलफूलहरुलाई वजार पहुँचका अवसरहरु प्रदान गर्ने खालका कार्यक्रम संचालन गर्न विशेष जोड दिने ।
  9.  फलफूल वगैचाको माटोको उर्वराशक्ति कायम गर्न एकीकृत बाली पोषण कायक्रमलाई विशेष जोड दिने ।
  10.  जिल्लामा उत्पादित फलफूल वालीहरुको आंकडा संकलन कार्यलाई निरन्तरता दिई फलफूलको तथ्यांक अध्यावधिक गर्दै लैजाने ।