परिचयः

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, राष्ट्रिय फलफूल विकास केन्द्र अन्तर्गत रहेको यस शितोष्ण बागबानी विकास केन्द्रको स्थापना तत्कालिन श्री ५ को सरकारको तेश्रो पञ्चवर्षीय योजनाकालमा भारतीय सहयोग नियोग र नेपाल सरकारको संयुक्त प्रयासमा २०२३ साल भाद्र १४ गते अर्चाड कम नर्सरीको रुपमा स्थापना भएको हो। मुस्ताङ्ग जिल्ला घरपझोङ गाउँपालिका वडा नं. २ मा अवस्थित यस केन्द्रले ५३ वर्षको लामो अवधिमा बिभिन्न विभाग, परिषद अन्तर्गत रही (अर्चाड कम नर्सरी थाक मार्फा २०२३ साल, कृषि फार्म थाक मार्फा २०२९ साल, राष्ट्रिय शितोष्ण बागवानी अनुसन्धान केन्द्र मार्फा २०४३ साल, बागवानी केन्द्र मार्फा २०५२ साल र शितोष्ण बागवानी विकास केन्द्र मार्फा २०६१ साल) विभिन्न बागवानीजन्य क्रियाकलापहरु संचालन गर्दै राष्ट्रिय स्रोत केन्द्रको रुपमा कार्य गर्दै आएको छ । स्थापनाकालमा २० रोपनी जमिनबाट शुरु भएको यस केन्द्रले २०२९ र २०३५ सालमा जग्गा बढाउंदै हाल १७६ रोपनी (१७५ रोपनी मार्फामा र १ रोपनी जोमसोममा) क्षेत्रफलमा फैलिएको छ । सशस्त्र द्वन्द्वको समयमा वि.सं. २०५८ सालदेखि केन्द्रको स्वामित्वमा रहेको थासाङ–४, घाँसा स्थित २० रोपनी जग्गा सुरक्षा निकाय (नेपाली सेना) ले प्रयोग गर्दै आइरहेको छ ।

यस केन्द्र जिल्लाको सदरमुकाम जोमसोम देखि ७ किलोमिटर दक्षिण कालीगण्डकीको किनारमा अवस्थित छ । केन्द्र २८)२०' देखि २९)०५' उत्तरी अक्षांश र ८३)३०' देखि ८४)१५' पूर्वी देशान्तरमा अवस्थित छ भने समुद्री सतहदेखि २६५० मिटर उचाईमा रहेको छ ।

केन्द्रको संगठन संरचना

marfa

 

उद्देश्यहरु

  • उन्नत जातको विभिन्न शितोष्ण फलफूलको बिरुवा उत्पादन गरी कृषक स्तरमा विक्री वितरण गर्ने।
  • तरकारीको उन्नत/श्रोत वीउ तथा बेर्ना उत्पादन गरी कृषक स्तरमा विक्री वितरण गर्ने ।
  • शितोष्ण फलफूल, ताजा तरकारी खेती तथा तरकारीको वीउ उत्पादन सम्बन्धी प्राविधिक सेवा, टेवा पुर्याउने ।
  • शितोष्ण फलफूल तथा तरकारी बालीको जैबिक बिबिधता संकलन, संरक्षण र सम्बर्धन गर्ने।
  • शितोष्ण फलफूल तथा तरकारी प्रशोधन सम्बन्धी प्रविधि विकास गर्ने ।
  • उन्नत फलफूल र तरकारी खेती विषयमा बागवानी संग सम्वन्धित प्राविधिक र कृषकहरूलाई तालिम दिने ।

वर्तमान संचरना अनुसार यस केन्द्रलाई देहायका कार्यहरु गर्नेगरी कार्य विवरण प्रदान गरिएको छ ।

  • स्याउ, नासपाती, ओखर लगायतका शितोष्ण फलफूलको जातीय संरक्षण एबं सम्बर्दन गर्ने
  • शितोष्ण फलफूल विकास सम्बन्धि राष्ट्रिय व्यावसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्बन्धि कार्य गर्ने
  • शितोष्ण फलफूलका प्रसारण सामाग्री उत्पादन तथा वितरण गर्ने
  • शितोष्ण फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने
  • सम्बन्धित विषयमा बिशेषज्ञ सेवा प्रदान गर्ने
  • शितोष्ण फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र/ज्ञान केन्द्रसँग समन्वय एबं सहकार्य गर्ने
  • फार्मको उत्पादकत्व एबं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार तथा सुबिधाको उपयोग गर्ने
  • सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी अध्ययन परिक्षण संचालन गर्ने 
  • शितोष्ण फलफुल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने
  • समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफुल विकास केन्द्रलाई उपलब्ध गराउने

माथि उल्लेख गरिएका कार्यविवरण अनुसार हाल यस केन्द्रबाट संचालित मुख्य मुख्य क्रियाकलापहरु निम्न बमोजिम रहेका छन् ।

विभिन्न हिउँदे फलफूलको कलमी तथा विजु बेर्ना उत्पादन र बिक्रि बितरणः

यस केन्द्रले स्याउका विभिन्न जातहरु (रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, गोल्डेन डेलिसियस र फुजी) को कलमी विरुवा, नासपातीको रेड वार्टलेट, आरुको पेरिग्रीन, आरुबखडाको मिथ्ले, खुर्पानीको सकरपारा, कागजीबदामको नेप्लसअल्ट्रा, अंगुरको हिमरड, स्टुबेन र मस्काटबेली, दाँते ओखरको हार्टले र एश्ले जातहरुको कलमी तथा विजु बिरुवाहरु उत्पादन गरी श्रोत कायम भएका जिल्लाहरुमासरकारी दररेटमा बिक्रि बितरण गर्दै आईरहेको छ। यसैगरी स्याउको कलमी बेर्ना उत्पादन गर्दा रुटस्टकमा प्रयोग हुने क्रेब स्याउको बीउ संकलन तथा विक्रि वितरण गर्दै आएको छ।स्याउको बिरुवा उत्पादन क्रेव जातको स्याउको रुटस्टकमा, खुर्पानी, आरु, आरुबखडाको बिरुवा चिली(स्थानीय खुर्पानी)को रुटस्टकमा, नास्पातीको बिरुवा मयलको रुटस्टकमा जिब्रे कलमी (Tongue Grafting) द्धारा गरिन्छ। बिजु बिरुवाको लागि नर्सरीमा सीधै वीउ रोपेर बिरुवा हुर्काई बिक्रि गरिन्छ।

हिउँदे फलफूल बगैंचा व्यबस्थापनः

यस केन्द्रमा बिभिन्न हिउँदे फलफूलहरु जस्तै स्याउ, आरु, आरुबखडा, ओखर, नास्पाती, खुर्पानी, कागजीवदाम, चिली, खल्या (स्थानीयआरु) रअंगुर बगैंचा रहेको छ । बगैंचालाई चार किसिममा (प्रदर्शन बगैंचा, जर्मप्लाज्म बगैंचा, उत्पादन बगैंचा र माउबोट बगैंचा)बाँडिएको छ । बगैंचामा रहेका स्याउ र नासपातीका बोटहरुलाई खुला केन्द्र प्रणालीबाट काँटछाँट गरिएको छ भने अन्य बोटहरुलाई आबश्यकता अनुसार काँटछाँट गरिन्छ। काँटछाँट मंसिर अन्तिम हप्तादेखि शुरु गरिन्छ।काँटछाँट गरेलगत्तै काटिएका भागहरुमा बोर्डोपेष्ट/पेन्ट बनाई लगाईन्छ । माघ/फागुन महिनामा रोग/कीरा व्यबस्थापनको लागि सर्वो आयल र किटनाशक विषादीको घोल बनाई स्प्रे गरिन्छ जसबाट सेन्जोस स्केल, रेड स्पाईडर माईटस् र एफिड कीरा नियन्त्रणमा मद्दत पुर्याउँछ । काँटछाँट र विषादी स्प्रे पछि बोटको फेद वरीपरी वेसिन खनी त्यसमा कम्पोष्ट/गोबर मल र रासायनिक मलको साथमा बोरेक्स मल प्रयोग गरिन्छ र फेदमा बोर्डोपेष्ट लगाउने काम हुन्छ ।

उन्नत जातको तरकारीको वीउ/बेर्ना उत्पादन तथा बिक्रि बितरणः

यस केन्द्रमा वार्षिक स्वीकृत कार्यक्रम र लक्ष्य अनुसार विभिन्न तरकारी बालीहरुको मूल बीउ, उन्नत बीउ तथा स्थानीय लसुन र स्थानीय धनीयाको बीउ उत्पादन गरिन्छ भने कार्डिनल जातको आलुको बेसिक बीउ उत्पादन गरी कृषकहरुलाई विक्रि वितरण गरिंदै आएको छ । यस केन्द्रमा रायोको मार्फा चौडा पात, मुलाको टोकिनासी, गाजरको नान्टिस, सलगमको पर्पल टप, स्वीसचार्डको सुसागको मूल बीउ उत्पादन गरिन्छ भने बन्दाको कोपनहेगन मार्केट जातको उन्नत बीउ उत्पादन गरिन्छ। त्यसैगरी बिभिन्न तरकारीबालीको (बर्णशंकर र खुला सेचित) शिशाघर, टनेल तथा गुमोज वनाई बेर्ना उत्पादन गरी कृषकस्तरमा बिक्रि गरिन्छ। चिसो मौसममा कृषकलाई बेर्ना उत्पादन गर्न निकै गाह्रो हुने हुँदा फार्मबाट बेर्ना तयारी अबस्थामा पाउँदा यसबाट कृषकहरु निकै लाभान्वित भएका छन् ।

फलफूल, तरकारी तथा आलुका पकेट क्षेत्रहरुमा प्राविधिक सेवा प्रदानः

यस केन्द्रले निरन्तर रुपमा वार्षिक लक्ष्य बमोजिम जिल्ला भित्रका फलफूल बगैंचा तथा तरकारी पकेट क्षेत्रहरुमा प्राविधिक सेवाहरु जस्तै रोग/कीरा व्यबस्थापन, बगैंचा रेखांकन, उन्नत खेती प्रविधि आदि सेवा प्रदान गर्दै आएको छ भने कृषकहरुबाट प्राप्त सुचना अनुसार तत्कालै पनि आवश्यकता अनुसार प्राविधिक सेवा प्रदान गर्ने गर्दछ।स्याउ लगायत विभिन्न हिउँदे फलफूलहरु नासपाती, ओखर, खुर्पानी आदिको बगैंचा स्थापना र व्यवस्थापनका साथै आलु तथा विभिन्न तरकारीबालीको मौसमी तथा बेमौसमी उत्पादन प्रविधिबारे केन्द्रमा र कृषकहरुको बगैंचा/खेतबारीमै उन्नत खेती प्रविधि, रोग कीरा व्यवस्थापन आदिका बारेमा तालिम मार्फत प्राविधिक सेवा प्रदान गन्छि ।

केन्द्रको फलफूल बगैंचा भित्र मौसमी तथा बेमौसमी ताजा तरकारी उत्पादन परिक्षण तथा अन्तरबाली प्रबिधि प्रदर्शन:

केन्द्रमा फलफूल बगैंचा भित्र विभिन्न किसिमका मौसमी तथा वेमौसमी तरकारी खेती गरी उत्पादित ताजा तरकारी बिक्रि बितरण बाट राजश्व आम्दानी साथै कृषकहरुमा तरकारी खेतीबारे जानकारी तथा उत्साह जगाई बगैंचा भित्र के कस्ता तरकारीबाली अन्तर बालीको रुपमा लगाउने र कसरी लगाउने भन्ने प्रविधिको प्रचार प्रसार गर्ने काम तरकारीबालीको अन्तरबाली प्रदर्शन कार्यक्रम मार्फत गरिएको छ ।केन्द्रमा वर्षेनी प्याज, लसुन, काउली, बन्दा, ब्रोकाउली, सिमी, केराउ, गोलभेंडा, खुर्सानी, भेंडेखुर्सानी, भाण्टा, जुकिनी, रायो साग आदिको अन्तरबाली खेती प्रविधि प्रदर्शन गरिन्छ।

जैबिक बिबिधता संकलन, संरक्षण/सम्बर्धन गर्नेः

यस केन्द्रमा व्यवसायिक रुपमा ५ वटा मात्र स्याउका जातको विरुवा उत्पादन गरिने भएपनि स्याउको जातीय संकलन, संरक्षण तथा परिक्षणको हिसावले ४४ वटा जातहरु लगाईएको छ । त्यसैगरी स्थानीय आरु (खल्या) का साथै अन्य उन्नत आरु ४ जातका, आरुबखडा २ जातका, स्थानीय स्याउ (कुस्यू), विभिन्न क्रेब स्याउहरु, मेल/मयल, विभिन्न जातका जैतुन, डालेचुक (चिचि/तोरा)स्थानीय खुर्पानी (चिली) आदिको संरक्षण गरिएको छ । यसैगरी स्थानीय लसुन रस्थानीय धनियाको पनि संरक्षण गरिएको छ । विभिन्न ६ वटा तरकारी बालीको जातिय संरक्षण तथा सम्बर्धन पनि गरिएको छ ।

फलफूल प्रशोधन गरी बिक्रि बितरण गर्ने तथा कृषकलाई प्रशोधन सम्बन्धी तालिम दिने

स्याउ तथा खुर्पानीको कलमी बिरुवा उत्पादनका लागि क्रेब स्याउ र स्थानीय खुर्पानीको बीउ संकलन गरेपछि त्यसै खेर जानेबाँकी रहेको स्याउको भाग(छोक्रा) सदुपयोग गरी केन्द्रमा स्याउ र खुर्पानीको ब्राण्डी बनाउने, ताजा विक्रि गर्न नभ्याएर बाँकी रहेका, बजारमा विक्रि नहुने खालका स–साना स्याउफलको सदुपयोग गर्न स्याउको साइडर, जाम बनाउने, बजारमा खासै विक्रि नहुने र खेर जाने भएकोले आरुबखडाको वाईन बनाउने, स्याउ र खुर्पानीको सुकुटी बनाई विक्रि वितरण गरि राजश्व आम्दानी गरिन्छ।यसबाट सदुपयोगमा नआई/नल्याई त्यसै खेरजाने फलहरुको समेत सदुपयोग हुन्छ भने फल प्रशोधन सम्बन्धी कृषकस्तर तालिम मार्फत प्रविधि समेत प्रसार गरिन्छ भने केन्द्रको वार्षिक कार्यक्रम तथा अन्य संघ, संस्था तथा निकायहरुले आयोजना गर्ने फलफूल प्रशोधन सम्बन्धी व्यवहारिक तालिम पनि संचालन गरिन्छ ।

फार्मले विभिन्न आर्थिक वर्षहरुमा आम्दानी गरेको राजश्वको विवरणः

 

आ.व. राजश्व रकम रु. आ.व. राजश्व रकम रु.
२०६०/०६१ ११,०८,३३५।– २०६९/०७० ४३१५१८२।१०
२०६१/०६२ १२,९२,०२३।२५ २०७०/०७१ ४८१९१३९।८०
२०६२/०६३ १३,४२,१०७।७५ २०७१/०७२ ५८०७९९०।९९
२०६३/०६४ १४,५४,३०२।९६ २०७२/०७३ ५८८०८४०।६५
२०६४/०६५ १७,०७,०३३।९५ २०७३/०७४ ६१४०१९१।८२
२०६५/०६६ १७,१८,००८।१५ २०७४/०७५ ६७१९२६४।५५
२०६६/०६७ १८,६२,०१६।४० २०७५/०७६ ६७१०७०६।७२
२०६७/०६८ ३१,६३,००२।०५ २०७६/०७७  ७०८१४११.९ 
२०६८/०६९ ४०,७५,६२१।७०    
marfa

चित्र: शितोष्ण बागवानी विकास केन्द्र मार्फाबाट आ. व. २०६०/०६१ देखि २०७६/०७७ सम्म संकलन भएको राजश्व रकमको विवरण

यस केन्द्रमा उत्पादित विभिन्न प्रशोधित बस्तु तथा बीउ/बेर्नाको मूल्य सूची

क्र.सं. उत्पादित बस्तुको नाम ईकाई मूल्य रु
   प्रशोधित बस्तुहरु
स्याउ/खुर्पानीको ब्राण्डी लिटर ५००।–
एप्पल साईडर/प्लम वाईन  लिटर ४००।–
स्याउ/खुर्पानीको जाम के.जी ४००।–
स्याउको सुकुटी के.जी १०००।–
खुर्पानीको सुकुटी के.जी ४००।–
तरकारीको  वीउ   
रायो (मार्फा चौडापात) मुल वीउ के.जी १५००।–
वन्दा (कोपन हेगन मार्केट) उन्नत वीउ के.जी ७१५।–
गाजर (नान्टीस) मुल वीउ के.जी १४००।–
मुला (टोकिनासी) मुल वीउ   के.जी ८००।–
स्वीसचार्ड (सुसाग) मुल वीउ   के.जी ७३५।–
सलगम (पर्पल टप) मूल बीउ के.जी ५००।–
धनिया (स्थानीय) उन्नत बीउ के.जी ३००।–
लसुन (स्थानीय) उन्नत बीउ   के.जी १५०।–
बीउ आलु   के.जी ४५।–
फलफूलको वीउ   
क्रेब एप्पलको वीउ के.जी ६०००।–
ओखर वीउ   के.जी ६००।–
चिली बीउ   के.जी २५०।–
हेजलनट   के.जी १५०।–
विभिन्न हिउँदे फलफूलको कलमी बिरुवा,बिजु विरुवा, रुटस्टक बिरुवा तथा सायनस्टिकको मूल्य सूची   
स्याउ कलमी प्रति गोटा  ७०।–
खुर्पानी/आरु/आरुबखडा कलमी प्रति गोटा ५०।–
नास्पाती कलमी प्रति गोटा ७०।–
दातेँ ओखर  कलमी प्रति गोटा १००।–
कागजीवदाम कलमी  प्रति गोटा ६०।–
अंगुर कटिङ्ग प्रति गोटा ३५।–
हेजलनट कटिङ्ग प्रति गोटा ५०।–
दाँते ओखर (बिजु)  प्रति गोटा ४०।–
कागजीबदाम (बिजु)  प्रति गोटा ३५।–
१० क्रेब एप्पल (रुटस्टक) प्रति गोटा २५।–
११ स्थानीय आरु/चिली प्रति गोटा २५।–
१२ स्याउ/नास्पाती/आरु/आरुबखडाको सायनस्टिक प्रति गोटा (१ फिटको) ६ महिना देखि १ वर्षको हाँगा ५।–
१३ कागजीबदामको सायनस्टिक  ,, २०।–
१४ ओखरको सायनस्टिक  ,, ३०।–

शितोष्ण बागवानी विकास केन्द्र

मार्फा, मुस्ताङ

फोन/फ्याक्स नं.०६९-४०००३४

इमेल:thdc.marpha@gmail.com

वेभसाइट:www.thdcmustang.gov.np