• फलफूल, चिया तथा कफी र पुष्प बालीको विकास, विस्तार र प्रवद्र्धन गर्ने, गराउने।
  • फलफूल बाली प्रवद्र्धनको क्षेत्रमा कार्य गर्ने ।
  • अन्तरगतका फार्म केन्द्रहरुलाई  आवश्यक प्राविधिक तथा कार्यक्रमगत निर्देशन र पृष्ठपोषण दिने।
  • फलफूल बाली बस्तुको राष्ट्रिय महत्वका विशेष उत्पादन कार्यक्रम जस्तै, मिशन कार्यक्रम तर्जुमा तथा संचालनमा सहयोग गर्ने ।
  • फलफूल विकास सम्बन्धित समस्या पहिचान र समस्या समाधानका लागि कृषि विभागलाई नीतिगत सुझाव ।
  • अन्तरगतका फार्म केन्द्रहरुमा नविनतम् प्रविधि प्रदर्शन तथा प्रसारणको व्यवस्था सम्बन्धी कार्य ।
  • फलफूल विकास सम्वन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि अनुसन्धान तथा विकास सम्बन्धी संस्थाहरुसँग समन्वय एवं सहकार्य गर्ने ।
  • फलफूलहरुको प्रसारण तथा गुणस्तरिय बिरुवा उत्पादन, नियमन तथा वितरणमा समन्वयको व्यवस्था गर्ने ।
  • फलफूल सम्बन्धी विषयमा राष्ट्रियस्तरमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  • फार्म केन्द्र व्यवस्थापनका लागि राय, सुझाव, परामर्श उपलव्ध गराउने ।
  • नेपाल सरकारले तोकेको फलफूल विकास सम्वन्धी अन्य कार्यहरु गर्ने ।
  • फलफूल विकास सम्बन्धि प्राविधिक तालिम संचालन गर्ने, गराउने।
  • फलफूल विकास सम्बन्धि प्राविधिक पुस्तिका, पोस्टर, आदि लेखन तथा प्रकाशन।
  • फलफूल विकास सम्बन्धि विभिन्न निकायहरुसँग समन्वय गर्ने, गराउने।
  • अन्य शाखाहरुसँग समन्वय गरी प्रभावकारी कार्यक्रम तर्जमा सहयोग गर्ने ।