उपोष्ण प्रदेशीय फलफूल विकास तथा प्रचार प्रसार गरी निजी स्तरमा कृषकहरूलाई फलफूल बगैचा स्थापना गर्ने त्यस बाट कृषकहरूको जीबनस्तर माथि उठाउने उद्वेश्य लिई प्रदेश नम्बर ५ अन्तर्गत पाल्पा जिल्ला तानसेन नगरपालिका बडा नं. ११ होलाङ्गदीमा वि.स.२०२५ सालमा कृषि फार्म प्रयोगशालाको नाममा यस केन्द्रको स्थापना भयो । बि.स.२०४९/२०५० सालबाट बागबानी फार्म र २०५२ मा बागबानी केन्द्र पाल्पा र वि.सं.२०६१ बैशाखदेखि लागु भएको विभागीय संरचना अनुसार सुन्तलाजात फलफूल विकास केन्द्र, पाल्पाको नामबाटे कार्यक्रमहरू संचालन हुंदै आइरहेकोमा वि.सं.२०७५ श्रावण देखि संघीय फार्मको रुपमा रहेको छ । 
यस केन्द्रले करीब १८४ रोपनी क्षेत्रफल ओगटेको छ । यस केन्द्रले स्थापना कालदेखि नै सुन्तलाजात फलफूल (विभिन्न जातका सुन्तला, जुनार, कागती आदी) र कफी बिरुवाका साथै तरकारी बीउ उत्पादन तर्फ मूला (प्यूठाने रातो) सिमी (चौमासे) र प्याज (एग्रीफाउण्ड डार्करेड) जातका श्रोत बीउहरु उत्पादन गरी सुलभ तरिकाबाट विक्री वितरण गर्दै आइरहेको छ । 
समुद्र सतह देखि ११८५ मिटर मा अवस्थित यस केन्द्रको हावापानी समशितोष्ण किसिमको छ । यहांको वार्षिक औषत तापक्रम अधिकतम २४० से.न्यूनतम १६० से. भएको पाइन्छ । यहां औषत वर्षा १९१३ मि.मि.छ । चैत्र बैशाखमा हावाहुरी आउने र कहिलेकाही असिना पर्ने गर्दछ । यस केन्द्रको माटो बढी मात्रामा खस्रोपना भएको कम गहिरो रातो फुस्रो खालको छ । माटोमा प्रशस्त मात्रामा ढुंगाहरु मिसिएको पाइन्छ भने पानी अड्याउने क्षमता निकै कम छ । 

 

उद्देश्यहरु

  1. सुन्तलाजात फलफूल तथा अन्य फलफूल समेतको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकको आयस्तर बढाउनको लागि गुणस्तरीय उन्नत फलपफूल बिरुवा (कलमी तथा विजु) उत्पादन तथा विक्री वितरण गर्ने ।
  2. बागवानी विकासको माध्यमवाट भूक्षय हुनवाट बचाई वातावरण संरक्षणमा सहयोग पु¥याउने ।
  3. जर्मप्लाज्म संकलन तथा सम्बद्र्धन गर्ने ।
  4. प्राविधिक सेवा पु¥याउने – व्यवस्थित बगान विस्तार, बगान संरक्षण तथा नर्सरी व्यवस्थापन ।
  5. गुणस्तरीय तरकारी बीउ उत्पादन तथा विक्री वितरण गर्ने ।
  6. बागवानी सम्बन्धी प्रशिक्षण दिने तथा प्रशिक्षक उपलव्ध गराउने ।
  7. कृषकहरूलाई प्राविधिक सेवा पु¥याउने ।

कार्य विवरण

  1. सुन्तलाजात फलफूलको जातीय संरक्षण एवं सम्वद्र्धन ।
  2. सुन्तलाजात फलफूल विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाई पृष्ठपोषण सम्बन्धी कार्य ।
  3. सुन्तलाजात फलफूलका प्रसारण सामग्री उत्पादन तथा वितरण ।
  4. सुन्तलाजात फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने ।
  5. सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  6. सुन्तलाजात फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने ।
  7. फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
  8. सम्बन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (action oriented) अध्ययन परीक्षण संचालन गर्ने ।
  9. सुन्तलाजात फलफूल विकास सम्बन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
  10. समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।
     

 सूचना अधिकारी 

विक्रम बस्याल         बागवानी विकास अधिकृत          9847350736      bikarambhl47@outlook.com  Website: www.cdcpalpa.gov.np