नेपालको आर्थिक विकासमा कृषि क्षेत्र अन्र्तगत बागवानी क्षेत्रको फलफूल खेतीले महत्वपूर्ण योगदान दिन सक्ने  बिषयलाई दृष्टिगत गरी बागवानी सुधार, प्रवद्र्धन, अनुसन्धान एवं विस्तार गर्ने उद्देश्यले वि.स.२०१८ सालमा काठमाण्डौको कीर्तिपुरमा नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा  हर्टिकल्चर सेक्सनको नाममा स्थापना भएको थियो । वि.सं. २०१९ सालमा यसको नाम बागवानी अनुसन्धान केन्द्र, कीर्तिपुर नामाकरण गरियो । कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विभाग अन्तर्गतका सवै अनुसन्धान आयोजनाहरूको योजना कार्यान्वयन, अनुगमन र सुपरीवेक्षण सम्बन्धी कार्य (राष्ट्यि कृषि अनुसन्धान तथा सेवा केन्द्र) हालको नेपाल कृषि अनुसन्धान परिषद खुमलटारवाट गराउने गरी मिति २०४४।७।२५ मा नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार मिति २०४४।९।१७ देखि यस केन्द्रलाई उक्त परिषद अन्तर्गत राखिएको थियो । आ.ब. २०४६।०४७ मा यस केन्द्रको नामाकरण राष्ट्रिय बागवानी अनुसन्धान कार्यक्रम गरी तदनुसार यस कार्यक्रम अन्तर्गत गरिने कार्यक्रमको लक्ष्य तथा कार्यक्रमहरू बढी अनुसन्धानमुलक क्षेत्रमा प्राथमिकता दिईयो । मिति २०४९।४।१ देखि यस कार्यालयलाई पुनः कृषि विकास विभाग (हाल २०५२।४।१ देखि कृषि विभाग) अन्तर्गत राखी बागवानी केन्द्र, कीर्तिपुरको नामबाट कार्यक्रमहरू सञ्चालन भए । वि.सं.२०६१ बैशाख देखि लागु भएको विभागीय संरचना अनुसार यस केन्द्रको नाम केन्दीय बागवानी केन्द्र रहेकोमा  विःसं २०७२ को नयां संविधानले र्निर्दिष्ट गरे बमोजिम २०७५ श्रावण देखि यस केन्द्रको नाम परिवर्तन भई समशितोष्ण बागवानी केन्द्र रहन गएको छ ।
यस केन्द्रको स्थापना सँगैे शुरुमा बागवानी सम्वन्धी अनुसन्धानका काम भएको थियो भने हाल केन्द्रले विशेष गरी हिउँदे पतझड तथा सुन्तला जात फलफूलका गुणस्तरीय बिरुवाहरुको उत्पादन तथा बिक्री बितरण गर्दै आईरहेको छ । यसका साथै यस केन्द्रले समशितोष्ण तथा सुन्तलाजात फलफूलको जर्मप्लाज्म संकलन, संरक्षण र सम्वद्र्धन गर्ने, प्रविधि प्रसारको लागि फलफूल सम्वन्धी तालिम संचालन तथा बाह्य सेवा मार्फत फलफूल बिषयमा कृषकहरुलाई प्राविधिक ज्ञान तथा सीप सिकाउने कार्य गर्दै आईरहेको छ । फलफूल वगैचामा अन्तरवाली प्रर्दशन, गड्यौला मल उत्पादन का साथै शैक्षिक संस्थाहरुवाट अवलोकनमा आउने विद्यार्थीलाई बागवानीको वारेमा जानकारी र प्रशिक्षार्थी विद्यार्थीलाई व्यवहारिक सीप प्रदान गर्ने काम पनि केन्द्रले गर्दै आएको छ । विगतका वर्षहरु देखि नै यस केन्द्रले विभिन्न जातका फलफूलका बिरुवा जस्तै सुन्तला, जुनार, कागती, भोगटे, निबुवा, नास्पाती, हलुवावेद, आरु, आरुबखडा, ओखर, चुच्चे ओखर, कटुस, एभोकाडो,अङ्गुर, किवी उत्पादन गर्ने, त्यसका लागि माउवोटको संरक्षण गर्ने तथा रुटस्टक बिरुवा उत्पादन गर्ने कार्य गर्दै आएको छ ।
उद्देश्यहरु

  1. समशितोष्ण तथा सुन्तलाजात फलफूलका उन्नत तथा स्थानीय जातहरूको जातीय सम्वद्र्धन तथा संरक्षण गर्ने ।
  2. कलमी बिरुवा तथा रुटस्टक बिरुवाहरूको उत्पादन तथा बिक्री वितरण गर्ने ।
  3. बाह्य सेवा मार्फत व्यावसायिक रुपमा फलफूल खेती गर्ने कृषकहरू तथा फलपूmल नर्सरी धनीहरूलाई प्रविधि प्रसार तथा सीप विकासमा सहयोग गर्ने ।
  4. फलफूल खेती विषयक बिभिन्न स्तरको तालिमहरू संञ्चालन गर्ने ।
  5. माटो परीक्षण, रोग कीराको पहिचान तथा फलफूलको गुणस्तर विश्लेषण कार्य गर्ने ।

कार्य विवरण

  1. समशितोष्ण फलफूलको जातीय संरक्षण एवं सम्वद्र्धन । 
  2. समशितोष्ण फलफूल विकास सम्बन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाइ पृष्ठपोषण सम्बन्धी कार्य ।
  3. समशितोष्ण फलफूलका प्रसारण सामग्री उत्पादन तथा वितरण ।
  4. समशितोष्ण फलफूल उत्पादन तथा विकास सम्बन्धमा उत्पादक कृषकलाई तालिम प्रदान गर्ने ।
  5. सम्बन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
  6. समशितोष्ण फलफूल विकास सम्बन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसँग समन्वय एवं सहकार्य गर्ने,
  7. फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
  8. सम्वन्धित विषयको समस्या समाधानका लागि स-साना कार्यमुखी (action oriented) अध्ययन परीक्षण संचालन गर्ने । 
  9. समशितोष्ण फलफूल विकास सम्वन्धमा राष्ट्रिय श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
  10. समयमा कार्यसम्पादनको प्रगति विवरण राष्ट्रिय फलफूल विकास केन्द्रलाई उपलब्ध गराउने ।

 

सुचना अधिकारी

शोभा शर्मा          बागवानी विकास अधिकृत          984९४२२४१०        website: www.wthc.gov.np