• योजना तथा कार्यक्रमको नियमित रुपमा ९मासिक, द्वैमासिक, चौमासिक र बार्षिक० कार्य प्रगति स्थितिको समीक्षा गर्ने, गराउने र पृष्ठपोषण दिने ।
  •  केन्द्र तथा मातहतका कार्यालयहरुको योजना तथा कार्यक्रमको मासिक, चौमासिक र बार्षिक प्रगति विवरण तोकिएको समय सिमाभित्र नियमित रुपमा सम्बन्धित निकायमा पेश गर्ने ।
  • कार्यक्रम तथा आयोजना सम्बन्धमा समय समयमा प्राप्त निर्देशनहरुको कार्यान्वयन र अन्तर निकाय समन्वय गर्ने, गराउने ।
  • केन्द्र तथा मातहतका कार्यालयहरुको जनशक्तिको वस्तुस्थिति अद्यावधिक गर्ने तथा निश्चित मापदण्ड तथा नीतिगत ब्यवस्था गरी जनशक्तिको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका उच्च अध्ययन, अनुसन्धान तथा तालिम व्यवस्थाको लागि अन्य शाखासँग समन्वय गर्ने ।
  • फलफूल बालीहरु सम्बन्धमा मातहतका निकायहरुबाट प्राप्त समस्या समाधानार्थ आवश्यक कारवाही गर्ने, गराउने ।
  • फलफूल क्षेत्रको योजना, अनुगमन तथा मूल्यांकनको लागि आवश्यक तथ्यांक एवं सूचना प्रवाह गर्ने ।
  • अर्धबार्षिक, बार्षिक तथा अन्य कार्यक्रमहरुको उपलब्धि सम्बन्धका फलफूल क्षेत्रको तथ्यांकहरुको संकलन, बिश्लेषण, लेखन तथा प्रकाशन गर्ने ।
  • समय सापेक्ष कृषि सम्बन्धी नीति तथा आवधिक योजनाहरुको तर्जुमा, विश्लेषण तथा परिमार्जन गरी कार्यक्रम कार्यान्वयनमा समन्वय गर्ने ।
  • बार्षिक कार्यक्रम र बजेट अनुरुप मातहतका कार्यालयबाट संचालन हुने कार्यक्रमहरुको समन्वय गरी अनुगमन तथा मूल्याकंन कार्य प्रभावकारीताका साथ गर्ने, गराउने ।
  • नतिजामूलक बजेट तर्जुमाको नीतिगत तथा संस्थागत व्यवस्था सम्वन्धी कार्य गर्ने, गराउने ।
  • कार्यक्रम तथा बजेट कार्यान्वयनमा सहजीकरण र समन्वय गर्ने, गराउने ।
  • संघिय, प्रादेशिक तथा स्थानिय बजेट तथा कार्यक्रमसँग समन्वय गर्ने, गराउने ।
  • कर्मचारीको क्षमता अभिबृद्धि सम्बन्धि योजना, कार्यक्रम तथा कार्यन्वयन व्यवस्थाको समन्वय गर्ने।
  • योजना, अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्यमा अन्य शाखा तथा मातहतका कार्यालयसँग समन्वय र सहजीकरण गर्ने।
  • कार्यक्रमको नतिजा मूलक अनुगमन तथा मूल्याङ्कन कार्य, मापदण्ड र प्रक्रिया तयार गर्ने।
  • केन्द्र तथा मातहतका कार्यालयबाट संचालित कार्यक्रमको उपलब्धि बिश्लेषण तथा प्रगती तयारी गर्ने।
  • कार्यालयमा आईपरेका अन्य कार्यक्रमहरुमा सहजिकरण गर्ने, गराउने ।
  • प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने, गराउने ।