पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना                             

आयोजना संक्षेप                                       

नामः पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (Nuts and Fruits in Hilly Areas Project- NAFHA)

आयोजनाको केन्द्रीय कार्यालय रहेको स्थलः कीर्तिपूर, काठमाडौँ

आयोजना शुरु मितिः वि.सं. 207९/०७/2१

आयोजना अवधिः ७ बर्ष

श्रोत/बजेटः एसीयाली विकास बैंक (Asian Development Bank - ADB), विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम (Global Agriculture and Food Security Program - GAFSP ) र नेपाल सरकार

आयोजनाको कूल लागतः ९३.४५ मिलियन अमेरिकि डलर

 

परिचय                                            

नेपाल सरकार, एशियाली विकास बैक तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको लगानीमा नेपालका पहाडी क्षेत्रमा १० प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्न नेपाल सरकारले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना संचालन गर्न लागेको छ। आयोजनाको लगानी ९३.४ मिलियन अमेरिकी डलर रहेको छ भने दातृ निकाय तथा नेपाल सरकारको देहायअनुसारको सहलगानीमा यो योजना संचालन हुने क्रममा रहेको छ।

लगानीको श्रोत लगानी रकम (अमेरिकी डलर)
एसियाली विकास वैंकको  सहुलियतपूर्ण ऋण ६ करोड 
एसियाली विकास वैंकको  अनुदान १ करोड
विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान ९० लाख
नेपाल सरकार १ करोड ४४ लाख ५० हजार
जम्मा ९ करोड ३४ लाख ५० हजार

नेपालका मध्य पहाडी क्षेत्रमा फलफूल बालीको बगैंचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धि गर्दै मूल्य शृंखला प्रवर्दन मार्फत ग्रामिण रोजगारी सृजना गर्दै कृषकहरुको आयस्तर वृद्धि गर्ने उदेश्यका साथ् नेपाल सरकार, यसियाली विकास वैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोग, विश्व कृषि तथा खाद्य कार्यक्रमको अनुदान सहयोग र नेपाल सरकारको सहलागानीमा आ.व. २०७९/८० देखि २०८६/८७ सम्म संचालन हुने गरी पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (Nuts and Fruits in Hilly Areas Project- NAFHA) लागु भएको छ। यस आयोजनाले निम्नानुसारका तिन वटा प्रतिफल प्राप्त गर्ने लक्ष राखी कार्यक्रमहरुको योजना बनाएको छ:

  • बागवानी क्षेत्र व्यवस्थापन तथा नर्सरी क्षमताका लागी संस्थागत क्षमता अभिवृद्धि

यस लक्ष प्राप्तिका लागी आयोजनाले निम्नानुसारका कार्यक्रम संचालन गर्ने योजना तय गरेको छ:

  • निजि क्षेत्रका नर्सरीहरुको गुणस्तरीय बिरुवा उत्पादन गर्ने क्षमता वृद्धि गर्न अनुदान तथा प्रविधि सहायोग प्रदान गर्ने
  • रोग तथा अन्य जैविक समस्या रहित गुणस्तरीय बिरुवा उत्पादन गर्न निजि क्षेत्रलाई सक्षम तुल्याउने
  • नर्सरी सम्बन्धि मापदण्ड तथा कानुनि व्यवस्था तथा सो को निरीक्षण प्रणालीको विकास गर्ने
  • अन्तराष्ट्रिय स्तरमा स्वीकार्य हुन सक्ने sanitary and phytosanitary  मापदण्ड पुरा गर्न सक्ने गरी फार्म केन्द्रहरुको क्षमता विकास गर्न केन्द्र अन्तर्गत कार्यरत प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्ने
  • निजि नर्सरीहरुमा नविन तथा उत्कृष्ट जर्म्प्लाज्मको विस्तार
  • फलफूल बालीहरुमा जलवायु परिवर्तन अनुकुल प्रविधिहरुको विकासका लागी अनुसन्धान गर्ने
  • नर्सरी प्रमाणीकरण प्रणालीको विकास गरी निजि नर्सरीहरुको प्रमाणीकरण गर्ने
  • कृषि सामाग्री तथा सेवा प्रदायक निजि क्षेत्रका सेवा प्रदायक तथा सहकारीहरुको क्षमता अभिवृद्धि

 

  • आयोजनामा संलग्न हुने कृषकहरुको फलफूल तथा काष्ठफल बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि 

यस लक्ष अन्तर्गत आयोजनाले ३४ जिल्लाका १०० वटा स्थानीय तहहरुमा १० वटा फलफूल बालीहरु: सुन्तला, जुनार, कागती, स्याउ, ओखर, किवी, एभोकाड़ो, पिकानट, मेकाडेमिया नट र कागजी बदामका १०००० हेक्टर क्षेत्रफलमा ३०००० कृषकहरुको सहभागितमा बगैंचा विकास गर्ने तथा १००० हेक्टर जमिनमा १०००० कृषक हरुको सहभागितामा फलफूल बगैंचा विस्तारमा सहभागी हुन नसक्ने कृषकहरुलाई तरकारी तथा अन्य रैथाने बालीका फार्म विकास गर्नका लागी निम्नानुसारका कार्यक्रमहरु संचालन गर्ने:

  • बालीहरुको खेति पद्दति, समग्र बगैंचा व्यवस्थापन, असल कृषि अभ्यास, एकीकृत रोग तथा कीरा व्यवस्थापन, उत्पादनोपरान्त प्रविधि लगायतको प्रवर्धन गर्ने
  • करिब ३०००० कृषकहरुलाई फलफूल बालीहरुको खेति प्रविधि सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने
  • फलफूल बगैंचा विकास गर्न इच्छुक कृषि उद्यमी, कृषि सहकारी तथा कृषक समूहहरुलाई बगैंचा विकासका लागी कुल लागतको ५०% अनुदान प्रदान गर्ने
  • विकसित बगैंचामा लगाईएका फलफूल बिरुवाहरु हुर्काएवापत प्रति बिरुवाका हिसाबले प्रोत्साहन अनुदान प्रदान गर्ने
  • बैंकहरुमा आयोजनाको तर्फबाट ६० मिलियन अमेरिकी डलर बराबरको क्रेडिट ग्यारेन्टी फण्ड स्थापना गरी सोको व्यवस्थापन मार्फत आयोजनाका कृषकहरुको वित्तीय पहुँच अभिवृद्धि गर्ने
  • बाँझो रहेका पहाडी जमिनमा फलफूल वगैंचा विस्तार गरी सो मार्फत हुन सक्ने कार्बन कारोबारको सम्भावानाका लागी आवश्यक अध्ययन तथा अभिलेखीकरण प्रणाली विकास गर्ने
  • पहाडी क्षेत्रका बागवानीजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि

बागवानी मूल्य शृंखलामा कृषकहरुको प्रत्यक्ष सहभागिता मार्फत नाफामुलक बजारीकरण अवसरहरुको उपयोगमा पहुँच अभिवृद्धि गर्न स्थानीय तहहरु, कृषि सहकारीहरु तथा स्थानीय सेवा प्रदायकहरु मार्फत:

  • बालीहरुको व्यावसायिक योजना तयार गरी बाली विशेष बजारीकरणका लागी संस्थागत क्षमता विकासका लागी सहयोग गर्ने
  • कृषक सहकारीहतु तथा स्थानीय कृषक संस्थाहरुलाई असल कृषि अभ्यास, खाद्य स्वच्छता तथा अन्य मान्यताप्राप्त गुणस्तर प्रमाणीकरण पद्दतिहरुका विषयहरुमा क्षमता अभिवृद्धि गर्ने
  • खरिदकर्ता तथा उत्पादक सहकारीहरू विच खरिद सम्बन्धि सम्झौता तथा सो को दिगोपनका लागी सहजीकरण गर्ने
  • बागवानीजन्य वस्तुको उत्पादानोपरान्त व्यवस्थापनका लागी आवश्यक प्रविधि, पूर्वाधार तथा औजार उपकरणहरुमा अनुदान सहयोग गर्ने
  • फलफूल मूल्य शृंखलामा उपयोगी स्थानीय पूर्वाधार विकासमा सहयोग गर्ने

 

आयोजनाको कार्यक्षेत्र                                      

क्र.स. प्रदेश जिल्ला संख्या स्थानीय तह संख्या
प्रदेश १ २२
बागमती प्रदेश
गण्डकी प्रदेश १० ३४
कर्णाली प्रदेश २०
सुदुरपश्चिम प्रदेश १६
  जम्मा ३४ १००

आयोजनाबाट सञ्‍चालन हुने मुख्‍य कृयाकलापहरुः

  • स्किम एक: क्रेडिट ग्यारेन्टी फण्ड (Credit Guarantee Fund)
  • स्किम दुई- कृषक, कृषक समूह तथा कृषि सहकारीहरुलाई आंशिक अनुदान
  • स्किम तिन- कृषक सहकारीहरूलाई समपुरक अनुदान
  • स्किम चार- कृषि उद्यमीहरुलाई समपुरक अनुदान
  • स्किम पाँच- स्थानीय तहहरुको सहलगानीमा मूल्य शृंखला पूर्वाधार विकासमा अनुदान
  •  स्किम छ- निजि नर्सरी सुदृढिकरणका लागी समपुरक अनुदान

आयोजना कार्यान्वयन गर्ने निकायहरु                        

  • केन्द्रीय आयोजना व्यवस्थापन एकाइ (Central Project Management Unit)

राष्ट्रिय फलफूल विकास केन्द्र अन्तर्गत यसै केन्द्रका प्रमुख (सहसचिव)को नेतृत्वमा एक केन्द्रीय आयोजना व्यवस्थापन एकाइ रहने छन्। आयोजनाको समग्र व्यवस्थापन, वार्षिक कार्यक्रम तथा योजना, ठुला किसिमका अनुदानका कार्यक्रम संचालन, श्रोत केन्द्रको विकास तथा क्षमता अभिवृद्धि, जर्म्प्लाज्म खरीद तथा आयात लगायत आयोजना सम्बन्धि नीतिगत व्यवस्थापन गर्न यस एकाइले कार्य गर्नेछ।

  • आयोजना कार्यन्वयन एकाई (Project Implementation Unit)

आयोजना लागु भएका ५ वटा प्रदेशहरु (१ नं., बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश) स्थित कृषि मन्त्रालय अन्तर्गतका कृषि विकास निर्देशानालयका निर्देशकको नेतृत्वमा ५ वटा आयोजना कार्यान्वयन एकाइ रहने छन्। आयोजना लागु भएका स्थानीय तहहरुमा लक्षित बालीका बगैंचा विस्तार गर्न अनुदानका कार्यक्रम संचालन तथा सो को समग्र व्यवस्थापन यी एकाइहरुले गर्नेछन।

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत लक्षित बालीमा आवश्यक प्रविधि विकास समस्यामा आधारित अनुसन्धान तथा प्रमाणीकरण लगायत श्रोत सामाग्रीको व्यवस्थापन गर्न नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत एउटा आयोजना कार्यान्वयन एकाई रहनेछ।

आयोजना अन्तर्गत कुल जम्मा ६ वटा आयोजना कार्यान्वयन एकाई (PIU) हरु रहनेछन।

 

Project Processing Timeline                                             

Concept Clearance: 07 Jun 2021

Fact Finding Mission: 19 Jul 2021 to 02 Aug 2021

MRM: 25 May 2022

Project Negotiations: 12 July 2022

ADB Board Approval:12 Sep 2022

Project Agreement (Loan and Grant Agreements):7 November 2022

 

आयोजना सम्बन्धि दस्तावेजहरु                                          

View PDF    Nuts and Fruits in Hilly Areas Project: Project Administration Manual (PAM)

View PDF    Loan Agreement (Ordinary Operations [Concessional]) for Loan 4211-NEP: Nuts and Fruits in Hilly Areas Project

View PDF    Grant Agreement (Special Operations) for Grant 0845-NEP: Nuts and Fruits in Hilly Areas Project

View PDF     Grant Operations (Externally Financed) for for Grant 0846-NEP: Nuts and Fruits in Hilly Areas Project 

View PDF    Nuts and Fruits in Hilly Areas Project: Gender Equality and Social Inclusion Action Plan

View PDF    Nuts and Fruits in Hilly Areas Project: Initial Poverty and Social Analysis  

View PDF    Nuts and Fruits in Hilly Areas: Initial Environmental Examination  

View PDF    Nuts and Fruits in Hilly Areas: Indigenous Peoples Planning Framework

गुनासो व्यवस्थापन स्वीकृत कार्यविधि, २०८०

 

सम्पर्क                                                                         

Nuts and Fruits in Hilly Areas Project पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना 
Central Project Management Unit केन्द्रीय आयोजना व्यवस्थापन एकाइ 
Kirtipur Kathmandu कीर्तिपुर काठमाण्डौ 
E-mail: cpmu.nafha@gmail.com